Comments Add Comment

अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

२२ असोज, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) महामारीका कारण शिथिल व्यापार व्यवसाय प्रवर्द्धनका लागि महिला उद्यमीहरुले अनलाइन व्यापारको बाटो अपनाउने भएका छन् ।

व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट र्फम सोचेको डटकमबीच लिखित सम्झौता भएको हो ।

चेम्बरकी सदस्य लीमा अधिकारीले कोभिड-१९ का कारण धारासायी भएको व्यापार/व्यवसाय अनलाइन ई-कसर्म मार्फत चलायमान बनाउने उद्देश्यले उक्त सम्झौता भएको जानकारी दिइन् ।

महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगका साथै चेम्बरमा आवद्ध महिला उद्यमीबाट उत्पादित व्यापार अभिवृद्धि गर्न एकीकृत रुपमा अनलाइन व्यापार सुरु गरिने बताइन् । सम्झौतापत्रमा चेम्बरकी अध्यक्ष श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक कैलास लोहनीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment