+
+
Shares

बसमा सामूहिक बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १५:४०

२३ असोज, काठमाडौं । भक्तपुरमा सार्वजनिक बसमा युवतीको सामूहिक बलात्कार गरेको आरोप लागेका युवक झापाबाट पक्राउ गरेका छन् । प्रहरीले झापा चन्द्रगढी पृथ्वीनगर-१ का २१ वर्षीय दीपेश राइलाई भद्रपुरबाट पक्राउ गरेको हो ।

बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २२ वर्षीय निरकुमार खड्का र २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरिसकेको छ । पीडित युवतीका अनुसार यो समूहले असोज १६ गते रत्नपार्कमा पानीमा लड्याउने औषधि मिसाएर दिएको तियो । रत्नपार्कबाट धक्तपुर सूर्यविनायकमा पुर्‍याएर १७ गते बलात्कार गरेको थियो ।

घटनापछि अर्को समूहले चाँगुनारायण नगरपालिका-८, लिवालीस्थित तवियाखुशी खोला किनामा पार्किङ गरिराखेको बा ३ ख २६१२ नम्बरको बसमा लगेर बलात्कार गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?