Comments Add Comment

पश्चिमा जनमतले चीनको प्रगति र खुसी खोस्न सक्दैन

२२ असोज, काठमाडौं । पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षण अनुसार पछिल्लो समय केही पश्चिमा मुलुकका मानिसहरुमा चीनप्रतिको जनमत झन् नकारात्मक हुँदै गएको पाइएको थियो ।

चीनप्रतिको नकारात्मक धारणा अष्ट्रेलिया, बेलायत, अमेरिकालगायतका मुलुकमा धेरै बढेको अध्ययनको निचोड छ । साथै, यो संख्या अझै बढ्दो क्रममा देखिएको छ ।
उसो त चिनियाँहरुमा पनि पछिल्लो समय अमेरिका र अष्ट्रेलियाजस्ता मुलुकप्रति पहिलाको भन्दा प्रतिकूल बन्दै गएको धारणा विकास भएको छ ।

मानिसहरुमा यसरी एकअर्काप्रति नकारात्मक धारणा विकास हुनुको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वलाई विभाजनतर्फ लैजान निरन्तर रुपमा चालेको कदम हो । चीनले कुनै गलत काम गरेको छ ? हामीले कुनै युद्धको सुरुआत गरेका छौं ? अथवा चीनले कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ ? छैन ।

हामीले उनीहरुको कुरालाई गम्भीर रुपमा लिनु हुँदैन । हामीलाई आफ्नो तरिकाले बाँच्ने अधिकार छ । चिनियाँ नागरिकको खुसी नै हाम्रो सबैभन्दा ठूलो लक्ष्य हो । हाम्रो खुसी के हो भनेर भन्ने अन्तिम अधिकार हामीलाई नै हुन्छ ।

चीन इमान्दार रहँदै आएको छ, आफ्नो विकासको लागि काम गरिरहेको छ र विश्व समुदायको साथमा रहँदै आएको छ । तर, केही पश्चिमा राजनीतिक तथा सार्वजनिक अभिव्यक्ति दिने मानिसले चीनलाई आक्रमण गर्न विभिन्न किसिमको हत्कण्डा अपनाउँदै आएका छन् र निरन्तर मानिसहरुमा चीनविरोधी भावना उत्पन्न गराउन विष फैलाइरहेका छन् ।

उदाहरणको लागि अमेरिकाले कोभिड–१९ को महामारीको लागि चीन जिम्मेवार हुनुपर्ने भन्दै हास्यास्पद तर्क अघि सारेको छ । यस किसिमको विवेकहीन र अवैज्ञानिक कुतर्क अमेरिकालाई लोकप्रियता बढाउन निकै महत्वपूर्ण बनेको छ । मानिसहरुको सहानुभूति पाउन पनि यसले ठूलो सहयोग गरेको छ । यसरी पश्चिमा मुलुकले आधारभूत मान्यता र अर्को मुलुकका मानिसबीचको सद्भाव बिगारिरहेका छन् ।

उनीहरुले सिञ्चियाङ र हङकङको मुद्दा जसरी उठाए, यी केही उदाहरण हुन् । उनीहरुले अहिले त्यहाँको अवस्था नियन्त्रणभन्दा बाहिर चर्चा गरिरहेका छन् ।

हङकङ सिञ्चियामा, आधारहीन रुपमा ‘मानव अधिकार उल्लंघन’ र ‘जातीय नरसंहार’ भएको आरोप लगाइएको छ । यसको वैचारिक विभाजनसँग कुनै लिनुदिनु छैन । तर, पश्चिमा मुलुकहरु चिनियाँ सामाज संकटमा परेको हेर्दा आनन्द मान्छन् । उनीहरु प्रयोगात्मक र प्रभावकारी रुपमा चीनलाई यो मुद्दा सुल्झाउन दिन चाहँदैनन् ।

हामीले उनीहरुको कुरालाई गम्भीर रुपमा लिनु हुँदैन । हामीलाई आफ्नो तरिकाले बाँच्ने अधिकार छ । चिनियाँ नागरिकको खुसी नै हाम्रो सबैभन्दा ठूलो लक्ष्य हो । हाम्रो खुसी के हो भनेर भन्ने अन्तिम अधिकार हामीलाई नै हुन्छ । अहिले चिनियाँ नागरिकहरु मुलुकभर भ्रमण गरिरहेका छन् र आफ्नो बिदाको आनन्द लिइरहेका छन् ।

यहाँको अवस्था पश्चिमा मुलुकको तुलनामा निकै राम्रो छ । उनीहरु भने महामारीविरुद्ध निकै कमजोर देखिएका छन् । अमेरिकामा मात्र भाइरसबाट दुई लाखभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने पश्चिमाहरुले मानिसहरुलाई जति भ्रमित गर्ने प्रयास गरे पनि उनीहरुले चीनको केही बिगार्न सक्दैनन् । चीन आफ्नो दिशामा अघि बढिरहनेछ र अधिकांश पश्चिमा मुलुकले चीनसँगको व्यापार र व्यवसायलाई जारी राख्नेछन् ।

कम्तीमा अहिले हाम्रो समाजमा महामारीको करिब अन्त्य भएको छ र थप समृद्ध हुँदै अघि बढिरहेको छ । चीनले आफ्ना नागरिकको अधिकारको रक्षा थप प्रभावकारी तरिकाले गरिरहेको छ । हामी पश्चिमा मुलुकसँग नराम्रो सम्बन्ध चाहदैनौँ र उनीहरुको सद्भावको बदलामा हाम्रो राष्ट्रिय स्वार्थ साट्न पनि चाहदैनौँ । उनीहरुको सद्भाव त्यति धेरै महत्वपूर्ण पनि छैन ।

चीनको सरकारी मुखपत्र ग्लोवल टाइम्सका प्रधान सम्पादक हु सिचिनको लेखको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment