+
+
Shares

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको बाढीका कारण चीनतर्फ ४३ जनाको मृत्यु पुष्टि भएको छ।
  • उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार ५१९ जना अझै सम्पर्कविहीन छन्।
  • पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति पुर्‍याउँदै पाँच हजारभन्दा बढीलाई सम्पर्कविहीन बनाएको छ।

२१ भदौ, बेइजिङ (रासस/सिन्ह्वा) । चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्।

पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन्।

बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्‌गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?