Comments Add Comment

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा १५६१ महिला र २८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् । १४ हजार ९६९ होम र ११ हजार ७१७ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

बिहीबार थपिएका नयाँ संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यस्तै मोरङका २४९ जना, सुनसरीका २१४, रुपन्देहीका १९९, सुर्खेतका १०६, मकवानपुरका १०५, कैलालीका ७५, धादिङका ७१, चितवनका ६९, बाँकेका ५७, झापा र दाङ ५५/५५ जना, सिराहाका ४८, उदपयुरका ३२, काभ्रेका २९, धनुषा र नवलपुरका २८/२८ जना, अर्घाखाँचीका २७, सप्तरीका २५ , नवलपरासी, पाल्पा र कञ्चनपुरका २१/२१ जना, कास्कीका १९ जना तथा रौतहट र गुल्मी १८/१८ जनामा संक्रमण पुष्टि भएको छ ।

बारा र सर्लाहीका १४/१४ जना, सिन्धुपाल्चोक, स्याङ्जा १३/१३ जना, इलाम र बाग्लुङका १२/१२ जना, पर्सा र गोरखाका ११/११ जना, तनहुँ, बर्दिया र अछामका १०/१० जना, महोत्तरी, कपिलवस्तु र डोटीका ७/७ जना, तोप्लेजुङ, कालीकोट र जुम्लाका ६/६ जना, रामेछाप र रुकुम पश्चिमका ५/५ जना, ओखलढुंगा, खोटाङ, भोजपुर, दैलेख र सल्यानका ४/४ जना, तेह्रथुम, धनकुटा, संखुवासभा, नुवाकोट, सिन्धुली, लमजुङ, डोल्पा र हुम्लाका ३/३ जना, पाँचथर र सोलुखुम्बुका २/२ जना तथा दोलखा, पर्वत, प्युठान, रोल्पा, डडेलधुरा, बझाङ र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment