News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले आइतबार राति भएको प्रिमियर लिग म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले हराएको छ।
- पहिलो हाफको २३औं मिनेटमा फिल फोडेन रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।
- एर्लिङ हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गरेको गोल भीएआरले मान्यता दिएपछि सिटीले जित सुनिश्चित गरेको थियो।
२८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ ।
पहिलो हाफको २३औं मिनेटदेखि नै १० खेलाडीमा सीमित रहेको सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्डले गरेको गोल निर्णायक बन्यो ।
हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गोल गरेका थिए । उक्त गोललाई सुरुमा अफसाइड दिइएपनि भीएआरले गोलको मान्यता दिएको थियो ।
त्यसअघि पहिलो हाफको २३औं मिनेटमा फिल फोडेनले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । यद्यपी सिटीले जित हासिल गर्न सफल रह्यो ।
जितपछि सिटीको ४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा छ । ४ खेलमा ४ अंक भएको युनाइटेड १३औं स्थानमा छ ।
प्रतिक्रिया 4