News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सेप्टेम्बरमा जापान जाने १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक गरेको छ ।
- टोलीमा रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख र आसिफ शेखसहित १५ खेलाडी छन् ।
- एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।
२४ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ ।
नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।
टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन् ।
एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।
टिम लिडरमा विनोद दास छन् भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर, मुख्य प्रशिक्षक स्टुअर्ट ल, प्रशिक्षक अब्दुर सतार र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी छन् ।
प्रतिक्रिया 4