+

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

२०८३ भदौ  २८ गते २३:३१ २०८३ भदौ २८ गते २३:३१
Photo Credit : CAN

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियामा यूएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कप जितेको नेपाली क्रिकेट टोली आइतबार राति नेपाल फर्किएको छ ।
  • ट्रफीसहित फर्किएको टोलीलाई क्यानका सचिव पारस खड्कासहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
  • कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए र टोली अब एसियन गेम्सका लागि जापान जानेछ ।

२८ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।

मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो ।

ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको थियो ।

नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सन्दीपले सबैजनाको मेहेनतले सफल भएको बताए ।

‘सबैजना खुसी छौं, देश दु:खद अवस्थामा भइरहेको बेलामा राम्रो प्रदर्शन गर्न सक्यौं, एसिया कपमा पनि छनोट भएका छौं, एकदम गर्वको महसुस भइरहेको छ’ सन्दीपले भने ।

नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्नेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय