Comments Add Comment

भरुवा बन्दुकसहित दुई जना पक्राउ

फाइल तस्वीर

२३ असोज, काठमाडौं । खोटाङ र डोटीबाट भरुवा बन्दुकसहित शुक्रबार दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खोटाङबाट मेघराज राई र डोटीबाट हर्कबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ सल्लेनी बस्ने राईलाई २ थान भरुवा बन्दुकसहित शुक्रबार बिहान उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा बन्दुक राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त हतियार बरामद गरेको हो ।

यसैगरी डोटीको बोगटान फुडसिल गाउँपालिका-३ बस्ने ५१ वर्षीय विश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरमा अवैध रुपमा भरुवा बन्दुक राखेको सूचनाको आधारमा प्रहरीले विकको घर तलासी गर्दा उक्त हतियार बरामद गरेको हो ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment