
२० फागुन, पाल्पा । पाल्पामा अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-२ खुर्साने (खहरे) बस्ने वर्ष ३८ वर्षका जीवन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विकले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको र बन्दुकमा प्रयोग हुने छर्रा र बारुद जस्तो देखिने कालो धुलो पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4