+
+

पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते ९:१७

२७ असोज, लहान । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?