+
+

थानकोटमा युवकलाई ठक्कर दिने बस पेप्सीकोलामा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १४:५८

२५ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७, थानकोटमा पैदलयात्रुलाई ठक्कर दिएर भागेको गाडी पेप्सिकोलामा भेटिएको छ ।

मंगलबार बिहान साढे ४ बजे बेबी पाउरोटी कारखाना नजिक तरकारी बोकेर बाटो काट्दै गरेका महादेवस्थानका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिएको बस पेप्सिकोलामा भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार क्लोज सर्किट (सीसी) क्यामराका आधारमा गरिएको अनुसन्धानका क्रममा घटनामा संलग्न बस पेप्सिकोलामा भेटिएको हो ।

उनका अनुसार महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले बसलाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न चालक सर्लाही हरिऔन नगरपालिका–८ घर भएका ३४ वर्षीय सुनील श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको श्रेष्ठले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?