Comments Add Comment

१९४५ संक्रमित थपिए, ५३६४ जना संक्रमणमुक्त

५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर २४ हजार ६६५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।

कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४/२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९/१९ जना, सिराहा र दोलखाका १७/१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४/१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११/११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मकवानपुर र बाँकेका ८/८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६/६ जना, बाग्लुङ र डडेलधुराका ५/५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४/४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३/३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २/२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment