+
+

उपमेयर कप महिला राष्ट्रिय करातेमा नागार्जुन टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १२:५४

२ पुस, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा भएको उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगितामा काठमाडौंको नागार्जुन नगरपालिका टिम च्याम्पियन भएको छ । प्रतियोगितामा नागार्जुन नगरपालिका ९ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ ।

प्रतियोगितामा २ स्वर्ण र ६ कास्य पदकसहित आयोजक चन्द्रपुर नगरपालिका दोस्रो भएको थियो भने २ स्वर्णसहित गोलबजार नगरपालिका तेस्रो भएको हो ।

प्रतियोगिताको ,६५ किलो तौल समूहमा नागर्जुन नगरपालिकाकी बिनिता श्रेष्ठ, ५५ किलोमा सुस्मिता वाइवा, ४५ किलो तौल समूहमा शर्मिला श्रेष्ठ, टिम कातातर्फ शर्मिला श्रेष्ठ, राशुगी पाण्डे, सानुमायाले स्वर्ण पदक हात पारेकी थिइन् । ५० किलो तौल समहूमा नागार्जुन नगरपालिकाकै सानुमाया थिङले स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको थियो ।

त्यस्तै आयोजक चन्द्रपुर नगरपालिकाकी किमस लामाले २५ किलो तौल समूहमा र सुजिता घलानले ३० किलो तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् ।

त्यस्तै गोलबजार नगरपालिकाकी प्रसिया चौधरीले ४० किलो तौल समूहमा र खुस्वु खड्काले ६० किलो तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । प्रतियोगितामा आयोजक चन्द्रपुर नगरपालिका दोस्रो र गोल बजार नगरपालिका तेस्रो भएका थिए ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा हरेक तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद ५ हजार दोस्रो हुने खेलाडीलाई नगद तीन हजार र तेस्रो हुने खेलाडीलाई एक हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा देशका विभिन्न १८ वटा नगरपालिका र आयोजक टिमका गरी २२५ जना महिला खेलाडीको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरति चौधरी, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल, प्रकाम धौडेवाल, नेपाल फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

लामो समयको बन्दाबन्दी पछि भएको राष्ट्रिय प्रतियोगितामा खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?