
५ पुस, काठमाडौं । ८ दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयमा जारी वार्तामा उखु किसान प्रतिनिधि र मन्त्रालयका दुई जना सचिव सहभागी छन् ।
वार्ता समझदारी उन्मुख रहेको उखु किसानका तर्फबाट बार्तामा सहभागी राकेश मिश्रले बताए । केही मिलले थालेको किसानको भुक्तानी निरन्तरता र अन्य मिलबाट बाँकी बक्यौता प्रत्याभूतिका लागि किसान प्रतिनिधिले मन्त्रालयबाट लिखित माग गरेका छन् ।
बैठकमा उद्योग सचिव चन्द्रकुमार घिमिरे र वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्याल सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4