
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी थिए ।
आइतबार दिउँसो वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधिक निर्वाचन गर्ने घोषणा भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4