
८ पुस, काठमाडौं । आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सञ्चालन गर्न एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा देवकुमार सुनुवार नियुक्त भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२१ जनवरीदेखि सन् २०२३ सम्मका लागि मनोनित गरेको सुनुवारले जानकारी दिए । उनले कोष सञ्चालनका लागि महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिनेछन् ।
कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिसलाई पनि महासचिव गुटेरेसले सल्लाहकार सदस्यमा मनोनयन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4