Comments Add Comment

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ पुस, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–८, सुर्खेत निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार खोकी लाग्ने, पिसाब कम आउने र श्वास फेर्न समस्या भएपछि उनलाई पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनीमा पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २८ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment