+
+

सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्छः रवीन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १७:०५
फाइल फोटो

२२ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहद्वारा मंगलबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले बैठक बोलाउनु पर्नेमा उनले जोड दिए ।

‘यो संविधानमा कुल्चिएर गरिएको विघटन हो’, संयोजक मिश्रले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपर्युक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?