
प्रतीकात्मक तस्वीर
१ माघ, काठमाडौं । महोत्तरीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् ।
प्रहरीले उनलाई मटिहानी नगरपालिका-८ चिउरामिलबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4