+
+

बान्तावाभाषी कविता प्रतियोगितामा थामथुमे काइँला प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १८:०२

बान्तावा भाषाको कविता प्रतियोगितामा पाँचथरका जयकुमार रुछेन्बुङ राई (थामथुमे काइँला) प्रथम भएका छन् । यस्तै दीलिप खिम्दुङ् बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेस्रो भएका छन् ।

पुरस्कार राशी क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार राशी र प्रमाणपत्र रहेको प्रतियोगिता बान्तावा भाषासेवी श्यामराज दुब्देङहाङ राईको नवौं वार्षिकीको अवसर तथा किरात यले सम्बत ५०८१ को अवसरमा गरिएको हो । विजेता घोषणा हुनुअघि ‘उत्कृष्ट १६ कविता’हरू सार्वजनिक गरिएको प्रतियोगितामा नेपाल, युएई, दक्षिण कोरिया र जापानबाट ३९ कवि सहभागी थिए ।

बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ मासिकले विगत १६ वर्षअघिदेखि बान्तावा कविता प्रतियोगिता तथा बान्तावा भाषा, संस्कृति र इतिहासमा योगदान गर्ने सर्जकलाई पुरस्कृत गर्दै आइरहेको सम्पादक पदम राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?