+
+

गीतकार डीआरको नयाँ गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३ गते ९:१८

त्यसो त गीतकार डा. डीआर उपाध्याय आफैमा किर्तिमानी गीतकार हुन् । फरक शैलीका गीतमार्फत उनले अनेक किर्तिमान बनाएका छन् । डा. उपाध्यायका गीत सबै बर्ग, पेशा र समुदायमा आधारित छन् । करिब दुई दर्जन त उनले गीति एल्बम नै सार्वजनिक गरिसकेका छन् । त्यसमा चाडपर्वदेखि मायाप्रेमसम्म, योग स्वास्थ्यदेखि भूगोलसम्म समेटिएका छन् । सैयौं गीतका यी सर्जक अहिले उपन्यास ‘कफी लभ’को तयारीमा छन् ।

उनै गीतकार उपाध्यायले अर्को गीत सार्वजनिक गरेका छन् । गीतको बोल छ, यो मायाको डोरो ।

गीतमा अहिलेका चर्चित गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । उनलाई साथ दिएका छन्, राजन तिमिल्सिनाले । माया प्रेमको यो भाकालाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई प्रज्योल रज शाक्यले निर्देशन गरेका छन् । अन्जु सुनार र सन्दिप सुवेदीले त्यसमा अभिनय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?