+
+

बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १४:०७

२५ माघ, काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् ।

शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको बैतडीका प्रहरी निरीक्षक जनक धामीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार दिउँसो श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा छोरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि घरमा आगो लगाएको पाइएको धामीले बताए । प्रहरीका अनुसार घरमा राखिएको भरुवा बन्दुकबाट छोरीलाई गोली हानिएको भनिएको छ ।

घटनालगत्तै नजिकै रहेको प्रहरी कार्यालयबाट टोली पुगे पनि धनबहादुर जंगलतिर भागिसकेका थिए । अहिले जंगल क्षेत्रमा प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?