+
+
Shares

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १७:५०
सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर ।

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा कुँवर नियुक्त भएका हुन् ।

यसअघि कुँवर सर्वोच्चकै रजिस्ट्रार थिए । माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी धुर्कोटका कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

यस्तै सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छन् । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ ।

पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । पौडेल २०५२ साल मंसिरदेखि शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?