+
+

६ सातापछि युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १७:२०

२० फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्य र पूर्वी युरोपमा ६ सातापछि पुनः कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेको बताएको छ । बिहीबार डब्ल्यूएचओले पछिल्लो ६ सातायता निरन्तर कोरोना संक्रमणमा कमी आइरहेको भए पनि गत साता भने युरोपमा कोरोना संक्रमण बढेको बताएको छ ।

डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लूगले युरोपमा गत साता कोरोना संक्रमण नौ प्रतिशतले बढेको बताए । उनका अनुसार पछिल्लो एक सातामा युरोपका आधाभन्दा धेरै स्थानमा कोरोना संक्रमण बढेको छ ।

केही दिनअघि डब्ल्यूएचओले विश्वभर नै कोरोना संक्रमण बढ्न थालेको बताएको थियो । यस्तोमा अहिले युरोपमा पनि कोरोना संक्रमण बढ्दो क्रममा देखिएको हो । कोरोना भाइरसविरुद्ध विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सुरु भए पनि संक्रमण भने रोकिएको छैन ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?