+
+

धर्मेन्द्रसँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो !

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १५:४९

२१ फागुन, काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमति सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सँग ठट्टा गरेका छन् ।

सम्बोधनको सुरुवातमै धर्मेन्द्रतिर हेर्दै उनले ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो’ भनेका छन् ।

आफू १४ वर्ष जेल बसेर आएको बताउँदै उनले कञ्चनसँग ठट्टा गरेपछि हलमा हाँसो गुञ्जियो । धर्मेन्द्र शुक्रबार मात्रै जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट छुटेर काठमाडौं आएका थिए । शान्तिपूर्ण राजनीतिमा आउने घोषणा भएसँगै नेताहरुलाई छाड्ने सरकारले निर्देशन दिएको थियो । त्यसपछि छुटेर उनी काठमाडौं आएका थिए ।

धर्मेन्द्र ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २९ पुस २०७७ मा पक्राउ परेका थिए । वार्ताको प्रयास हुँदाहुँदै उनी पक्राउ परेको भनिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएको थियो । तर, १० फागुनमा प्रहरीले अदालतबाटै पुनः पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?