+
+

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १२:१०

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।

सर्वोच्चको फैसलासँगै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र व्युँताउने निर्णय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?