+
+

नेफ्टा अवार्डको रेड कार्पेटमा कलाकारको फेसन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १३:४२

कुनै पनि चलचित्रको अवार्ड समारोहमा कलाकारका लागि दुइवटा कुरा महत्वपूर्ण हुन्छ । एउटा, नोमिनेशनमा परेका कलाकारका लागि अवार्ड पाउँछु या पाउँदिन भन्ने कौतुहलता । अर्को, अवार्डमा कसरी आकर्षक बनेर जाने ।

अवार्डको रेड कार्पेटमा कलाकारको गेटअप, पहिरन र स्टाइलले खुबै चर्चा पाउँछ । यही भएर पनि कलाकारहरु रेड कार्पेटमा आफूलाई फरक देखाउन हरदम कोशिश गर्छन् ।

शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा पनि यस्तै माहोल देखियो । अवार्ड समारोहमा नायिका करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह, नायक भूवन केसीदेखि नयाँ पुस्ताका कलाकारहरु नायक धिरज मगर, पल शाह, नायिकाहरु नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, सुहाना थापा, रिस्ता बस्नेत, जेबिका कार्की, रेजिना उप्रेती लगायत देखिए ।

रेड कार्पेटमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, जेबिका कार्की हट बनेर पुगेका थिए । उनीहरुको पहिरनले खुबै चर्चा पायो । यस्तै, लामो समयपछि अवार्ड शोमा पुगेकी नायिका विपना थापाले भने धेरैको ध्यान खिचिन् । नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाई नेपालले संयुक्त रुपमा यो अवार्डको आयोजना गरेका थिए ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?