+
+

सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघरमा धर्ना

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ चैत ९ गते १५:०६

९ चैत, काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् ।

थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

धर्नामा बसेका थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल थारुले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताए ।

‘हामी पनि यो देशका नागरिक हौं, भूमि पुत्र हौं, हामो मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ झुटा मुद्दा फिर्ता लिनुपर्छ’ उनले भने, ‘जेलमा रहेका रेशम चौधरीसहित सबैलाई रिहा गर्नुपर्छ ।’

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?