+
+

बालबालिकाले दिए प्रधानमन्त्रीलाई लिखित सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १८:५६

९ चैत, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा तयार हुने बालबालिकासम्बन्धी १० वर्षे राष्ट्रिय कार्ययोजना तथा नीति निर्माणका लागि बालबालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

कन्सोर्टियम नेपालको नेतृत्वमा चैत ७ र ८ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी बालबालिकाहरुले तयार गरेका सुझाव प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमार महतोलाई दिएका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपाल, बाल विकास समाज, मानवअधिकार मञ्च, कालिका स्वावलम्बन सामाजिक केन्द्र, सिविन नेपाल, शुभ अवसर ग्राम नेपालको सहआयोजना, बाल अधिकारसँग सम्बन्धित १७ वटा राष्ट्रिय सञ्जालहरुको ऐक्यबद्धता तथा १४ वटा विकास साझेदार संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गरेकी थिइन् ।

राष्ट्रिय बाल अधिकार परिषद्को सल्लाह, सुझाव र परामर्शमा सातै प्रदेशका ६० जिल्लाका १३८ जना बालबालिकासँग परामर्श पश्चात् यस राष्ट्रिय भेलाको आयोजना गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।

प्रधानमन्त्री तथा माननीय मन्त्रीबाट नै बालबालिकाहरुले दिएको सुझावमा प्रत्यक्ष सहभागी भई चासो व्यक्त गर्नु र कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नु सुखद् र खुशीको कुरा भएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?