+
+

‘राम सेतु’मा पुरातत्वविद् बन्दै अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १५:०६

बलिउड नायक अक्षय कुमार भारतमा लकडाउन खुलेसँगै चलचित्रको छायांकनमा व्यस्त छन् । उनले ‘अतरंगी रे’ नामक चलचित्रको छायांकन सकेसँगै नयाँ चलचित्र ‘राम सेतु’को छायांकन सुरु गरेका छन् । अक्षयले चलचित्रमा आफ्नो भूमिका र गेटअप सार्वजनिक गरेका छन् । अक्षयले सामाजिक संजालमा उल्लेख गरे अनुसार यो चलचित्रमा उनी पुरातत्वविद्को भूमिकामा देखिदैछन् ।

अक्षयले यो चलचित्र आफ्नो करिअरकै सबैभन्दा विशेष चलचित्र भएको समेत उल्लेख गरेका छन् । यो चलचित्रलाई गुड फिल्मस्सँगको सहकार्यमा एमाजन प्रमाइमले सह–निर्माण गर्दैछ । चलचित्रको निर्देशक अभिषेक शर्मा हुन् ।

चलचित्रमा अक्षयको साथमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र नुसरत बरुच्चाको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?