
फाइल तस्वीर
१८ चैत, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले बुधबारका लागि तेजावी सुनको प्रति तोला भाउ ८५ हजार १५० रुपैयाँ तोकेको छ । मंगलबार ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4