+
+

प्रधानमन्त्रीलाई नेता नेपालको कटाक्ष : कति नाम लेख्ने रहर रहेछ !

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते २०:३२

२२ चैत, काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली तमासा मात्र गरेको टिप्पणी गरेका छन् ।

झण्डै दुई तिहाई मत पाएका प्रधानमन्त्री ओलीले विगतका राम्रा कामलाई निरन्तरता देलान र कमकमजोरी सुधार गर्दै पार्टीको छवि राम्रो गर्लान् भन्ने लागेको भएपनि त्यसअनुसार काम कारबाही नभएको उनले बताए ।

आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले भने, ‘कूटनीतिक सम्बन्ध कायम गर्ने कुरामा देखिएन । जनहितका काम गर्नेमा देखिएन, सुशासन दिने कुरामा देखिएन, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा देखिएन ।’

उनले अघि भने, ‘तमासा मात्र गरियो । तमासा के थाहा छ ? यत्तिकै स्वीच थिचेर १६५ वटै निर्वाचन क्षेत्रमा सडकको शिलान्यास । संसारमा कही भएको छ ?’

डीपीआर गर्न बाँकी मात्र होइन, कति खर्च लाग्छ भन्ने समेत थाहा नभएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले भने, ‘बालुटारमा बस्या छ, स्वीच थिचिदियो, शिलान्यास ।’

‘सबै ठाउँमा नाम लेखाउँला भनेर होला, कति नाम लेख्ने रहर रहेछ ? कति फोटो टाँस्ने रहर रहेछ ? आफ्नो घर कोठामा झुण्ड्याए भइगो नि ! किन सबैलाई दुःख दिनु ?’

‘कुराले च्युरा भिज्दैन, च्युरा भिजाउन त कि दही चाहिन्छ, कि दूध नै चाहिन्छ भनेर मदन भण्डारीले भनेको स्मरण गर्दै नेता नेपालले जनताले काममा विश्वास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?