+
+

पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीलाई पदभार ग्रहणमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १९:४१

३० चैत, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारीलाई शपथ र पदभार ग्रहण गर्न अदालतले रोक लगाएको छ ।

निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै पत्रकार महासंघका साधारण सदस्य दिनेश यादवले दिएको रिटमा सोमबार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश रमेशकुमार पोखरेलको इजलासले शपथ र पदभार ग्रहणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

२५ चैतमा भएको शाखाको निर्वाचनमा गलत मतपत्रको प्रयोग, उम्मेदवारले भरेको अनुसूचीमा त्रुटि तथा निर्वाचन समितिले नै उम्मेदवारहरुको मनोनयन पत्रमा एक पदको सट्टा अर्को पद उल्लेख गरी त्रुटिपूर्ण मतदानको कार्यक्रम गरेको भन्दै यादवले पत्रकार महासंघ रौतहट शाखाविरुद्ध रिट दिएका थिए । उनले रिटको अन्तिम किनारा नलागेसम्म निर्वाचित पदाधिकारीलाई कामकाजबाट रोक्न अन्तरिम आदेश पनि मागेका थिए ।

अन्तरिम आदेश दिने वा नदिने विषयमा छलपलका लागि अदालतले दुबै पक्षलाई वैशाख ५ गते बोलाएको छ । सह-सचिवको खुल्ला समूहमा उम्मेदवारी मनोनयन दर्ता गराएका यादवलाई निर्वाचन समितिले समावेशी तर्फ राखेर निर्वाचन गराएको थियो भने सदस्य पदमा मनोनयन दर्ता गराएका धिरेन्द्र साहलाई सह-सचिवमा उम्मेदवारी कायम गराएको थियो । दाबी विरोधको समयमा उजुरी गर्दा समेत निर्वाचन समितिले आफूहरुको कुरा नसुनेर एकपक्षीय रुपमा निर्णय गर्दै निर्वाचन गराएको यादवले बताए ।

निर्वाचन समितिले राष्ट्रिय परिषदमा दुई जना निर्वाचित हुनुपर्नेमा चार जनालाई निर्विरोध निर्वाचित गराएको छ भने जिल्ला शाखा सदस्यमा निर्विरोध निर्वाचित हुनुपर्ने राकेश यादव र रामपुकार राउत समेतको नाम मतपत्रमा उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?