+
+

आफ्ना नागरिकलाई पाकिस्तान छाड्न फ्रान्सको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १४:०१

३ वैशाख, काठमाडौं । पाकिस्तानस्थित फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका फ्रान्सका नागरिक तथा कम्पनीलाई अस्थायी रुपमा मुलुक छाड्न आग्रह गरेको छ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा दक्षिणपन्थी पार्टीले गरेको आन्दोलन हिंसात्मक बनेसँगै दूतावासले यस्तो आग्रह गरेको हो ।

फ्रान्सेली दूतावासका एक अधिकारीले दूतावास खुला रहे पनि केही कर्मचारी फ्रान्स फर्किने जानकारी दिए । पाकिस्तानको विदेशमन्त्रालयले फ्रान्सेली दूतावासले दिएको सुझावमा ध्यानाकर्षण भएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले भने, ‘सरकारले कानुन र व्यवस्था कायम राख्न र मानवीय सम्पत्तिको क्षति रोक्न थप प्रभावकारी कदम चालिरहेको छ ।’

फ्रान्सविरोधी भावना बढिरहेको अवस्थामा तेहरिक ई लाबेक पाकिस्तान (टीएलपी)ले पाकिस्तानमा आन्दोलन गरेको हो । गत नोभेम्बरमा फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्तिपछि पाकिस्तानमा फ्रान्सका सामान बहिस्कारको अभियान नै चलेको थियो ।

पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपति इम्यानुअल म्याक्रोँले दिएको अभिव्यक्तिपछि पाकिस्तानमा फ्रान्सविरोधी भावना बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?