+
+

माधव नेपाल समूहको निर्णय : एकताको आह्वान, प्रतिवादसहित स्पष्टीकरणको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १७:३८
फाइल तस्वीर

८ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ ।

बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । ‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं,’ एक नेताले भने ।

उनका अनुसार पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिनेछ ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार नै दिने निर्णय पनि गरेको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई सांसद सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?