+
+

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते ११:०२

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको हो ।

एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी नवलपरासीमा गिद्ध र काभ्रेमा कुकुरलाई अमानवीय ढंगले मारिएको घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले पशु कल्याणको आधारभूत पक्षमा ध्यान पुर्याउन समेत सबै सरोकारवालामा अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?