
अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् । त्यसो त निक उमेरले निकै कान्छो छन्, प्रियंका चोपडा भन्दा । उमेरको के भेद ! उनीहरुको दाम्पत्य सुखमय जो चलिरहेको छ ।
विवाहपछि प्रियंका निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेलामौकामा मात्र भारत आउने गरेकी छिन् । केही समयअघि मात्र निक जोनसले एक भव्य बंगला खरिद गरेका रहेछन् । वर्तमान समयमा निक र प्रियंका सोही बंगलामा बस्छन् । उनीहरु बस्ने घर कस्तो छ ? त्यसको आन्तरिक सज्जा कस्तो छ ? सेवा सुविधाहरु के के छन् ?
भनिहालौं, पति निकले यो बंगला प्रियंकालाई उपहारमा दिएका हुन् । प्रियंका र निकको यो घरमा तमाम आधुनिक सुविधा उपलब्ध छ । दुबैले मिलेर यस आलिशान घरलाई सजाएका हुन् ।
रिपोर्टस् अनुसार प्रियंका र निकको घर २० हजार बर्गफुटमा फैलिएको छ । यसमा ११ बाथरुम र ७ बेडरुम छ । घरको यो डिजाइन एकदमै आकर्षक छ ।
यस घरमा शौख–सुविधाको सम्पूर्ण व्यवस्था छ । जस्तो कि, मुभी थिएटर, बार, इनडोर बास्केटबल कोर्ट, ठूलो स्विमिङ पुल र मिरर वालयुक्त जिम । प्रियंकाको यस घरबाट पहाडको लोभलाग्दो दृश्यहरु पनि देखिन्छ ।
यो घरको मूल्य भारु एक सय ५१ करोड रुपैयाँ हो । घरको आन्तरिक सज्जाले जो कोहिको ध्यान खिच्छ ।
प्रतिक्रिया 4