+
+

म्यानमारको सेनाले लगायो स्याटेलाइट टेलिभिजनमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १७:४१

२२ वैशाख, काठमाडौं । म्यानमारको सेनाले मुलुकका स्याटेलाइट टेलिभिजन डिसमा प्रतिबन्ध लगाएको छ । स्याटेलाइटमार्फत प्रसारण हुने टेलिभिजनहरुले राष्ट्रिय सुरक्षालाई चुनौती दिने सामग्री प्रसारण गरेको भन्दै स्याटेलाइट टेलिभिजन डिसमा प्रतिबन्ध लगाउने निर्णय भएको म्यानमारको सेना नियन्त्रित सरकारी टेलिभिजनले बताएको छ ।

मंगलबार सरकारी टेलिभिजनले स्याटेलाइट टेलिभिजन अब अवैध हुने जनाएको छ । यो कानूनको उल्लंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख क्याट (३२० अमेरिकी डलर) जरिवाना हुन सक्ने चेतावनी दिइएको छ । टेलिभिजनहरुले कानूनी व्यवस्था उल्लंघन गर्न, सार्वजनिक व्यवस्थालाई असर पार्न र मानिसहरुलाई देशद्रोहको लागि प्रेरित गर्ने काम गरेको सेनाको आरोप छ ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले निर्वाचित सरकारलाई हटाउँदै शासनसत्ता हातमा लिएको थियो । त्यसयता म्यानमारमा निरन्तर सैन्य ‘कू’ विरुद्ध आन्दोलन हुँदै आएको छ । आन्दोलनको क्रममा हालसम्म ७६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?