
२७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार राति १० बजे र बासगढी नगरपालिका–८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति ११ः५० बजे मृत्यु भएको उनले बताए ।
४६ वर्षीया महिलामा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ७ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया 4