+
+

संसदको विशेष अधिवेशन आजैदेखि अन्त्य गर्न सिफारिश

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १९:१२

२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् ।

यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।

सोमबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत परेको थियो । संसदको बहुमत सदस्यको समर्थन अर्थात् १३६ मत पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?