+
+

कार्की र चौलागाइँको निधनमा कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १३:२०

२९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो ।

प्रमुख सचेतक खाणले बुधबार शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्वजिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०१८ देखि कांग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतीत गर्नुभएको उल्लेख गर्दै कांग्रेस संसदीय दलले उनको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ ।

कांग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) का नेता पशुपति चौलागाईँका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक खाणले बुधबार नै छुट्टै शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

चौलागाईँ २०५६ सालमा दोलखाबाट प्रतिनिधिसभा सदस्य, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?