
२९ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोशालामा १००१ नमुना परीक्षण गर्दा ५६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका मात्रै ३९८ जना छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ४६४ नमुना परीक्षण गर्दा २३६, नेपालगञ्ज मेडिकल कलेजको प्रयोगशालामा २६६ नमुना परीक्षण गर्दा १६५ र बागेश्वरी प्रयोगशालामा २७१ परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4