
९ जेठ, काठमाडौं । भारतबाट कोरोनाविरुद्धको खोप तत्काल नपाउने भएपछि बंगलादेश सरकारले अमेरिका र बेलायतलाई खोप उपलब्ध गराइदिन आग्रह गरेको छ ।
बंगलादेश सरकारले अमेरिका र बेलायतबाट एस्ट्राजेनेका खोप मागेको स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनका अनुसार पहिलो डोज लगाइसकेहरुलाई दोस्रो डोज दिनका लागि १६ लाख खोप आवश्यक छ ।
बंगलादेशले हालै भारतबाट करिब एक करोड डोज एस्ट्राजेनेका खोप पाएको थियो । तर कोरोना संक्रमण तीव्र भएपछि भारतले खोप निर्यातमा रोक लगाउँदा खोप अभियान नै प्रभावित भएको छ ।
भारतले खोप नदिंदा बंगलादेशका साथै नेपाल र श्रीलंका पनि खोप अभावको समस्यासँग जुधिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4