+
+

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

जनक विष्ट जनक विष्ट
२०७८ जेठ ११ गते १०:०४
प्रकाश बहादुर शाह

११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।

एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ । ‘अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको छ,’ साउदले अनलाइनखबरसँग भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।’

एमाले संसदीय दलको अंकगणित

प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् । उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।

बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपछि पार्टी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?