+
+

सप्तरीमा कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १८:०२

१४ जेठ, सप्तरी । सप्तरीमा कोरोना संक्रमित बिरामी र उनका कुरुवालाई निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।

सदरमुकाम राजविराजका युवा व्यवसायी र राजविराज जेसीजको पहलमा कोरोना संक्रमित र कुरुवालाई खाना खुवाउन शुरु गरिएको हो । हरेक दिन दुबै छाक खाना खुवाउन थालिएको राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित र उनका कुरुवालाई पाँच दिन यता खाना खुवाइरहेको तातेडले बताए । ‘निषेधाज्ञा अवधीभरका लागि हामी खाना खुवाउँछौं’ उनले भने ।

उनका अनुसार प्रत्येक दिन १ सय ५० जना भन्दा बढीले नि: शुल्क खाना खाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?