+
+
Shares

गिटी-बालुवा निकासी खोलेर सरकारले असली अनुहार देखायो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १४:२८

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गिटी-बालुवा निकासी खोल्ने निर्णय गरेर सरकारले आफ्नो असली अनुहार उजागार गरेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गर्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने प्रस्ट भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘यो ‘नीतिगत भ्रष्टाचार हो’। आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन: छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक-पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने छौँ ।’

अदालतको आदेश, संसदीय समितिका पटक-पटकको निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई जनप्रतिनिधिले प्रतिरोध गर्ने भन्दै नेता थापाले आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?