
२३ जेठ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार (हुण्डी) गरेको आरोप छ ।
प्रहरीले उनको साथबाट ना.२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ बरामद गरेको छ ।
साथै उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4