
२४ जेठ, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।
मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने पनि दावी गरे । खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि उनले बताए ।
उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् । गाउँगाउँसम्म एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण गरिने मन्त्री तामाङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4