+
+

सर्लाहीका अधिकांश संक्रमित होम आइसोलेशनमै, अस्पतालमा छैन आइसीयू र भेन्टिलेटर

रासस रासस
२०७८ जेठ ३१ गते १३:०९

३१ जेठ, सर्लाही । आइसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ ।

कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएपनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा उपचार नपाएका हुन् । स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिने गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका र सङ्क्रमणको आशंका गरिएका पनि होम आइसोलेशनमा रहेका छन् । आइसीयु र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जीव सिंहले बताए। उनले सङ्क्रमित अन्तिम अवस्थामा अस्पताल आउने गरेका सुनाए ।

जिल्ला अस्पतालमा ५० शय्याको कोरोना अस्पताल निर्माण गरिए पनि कोरोना सङ्क्रमित जाँदैनन् । जिल्लाका अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?